चलचित्र ‘अन्जिला’ ब्लकबस्टरको सूचीमा, इतिहासमै सबैभन्दा धेरै कमाउने १७ औं स्थानमा – Sagarmathapana:: Online News Portal

चलचित्र ‘अन्जिला’ ब्लकबस्टरको सूचीमा, इतिहासमै सबैभन्दा धेरै कमाउने १७ औं स्थानमा

   २०८२ असार १६ गते  

काठमाडौं।नेपाल सरकार, चलचित्र विकास बोर्डले आयोजना गरेको २५ औँ वार्षिकोत्सव तथा रजत जयन्ती विशेष कार्यक्रममा नेपाली चलचित्र ‘अन्जिला’ ले ऐतिहासिक उपलब्धि हात पारेको छ। कार्यक्रममार्फत घोषणा गरिएका तथ्यांक अनुसार चलचित्र ‘अन्जिला’ ले ६० वर्षे नेपाली चलचित्र इतिहासमा सबैभन्दा धेरै कमाई गर्ने फिल्महरूको सूचीमा १७ औं स्थान हासिल गरेको छ।

त्यस्तै, वि.सं. २०८२ सालको ब्लकबस्टर चलचित्रहरूमा ‘अन्जिला’ पाँचौं स्थानमा पर्न सफल भएको छ। यो सफलता नेपाली चलचित्र क्षेत्रका लागि गौरवको विषय बनेको छ।

उक्त उपलब्धिप्रति चलचित्रको सम्पूर्ण टिमलाई चलचित्र विकास बोर्डले विशेष सम्मानसहित बधाई ज्ञापन गरेको छ। चलचित्र ‘अन्जिला’ का निर्देशक मिलन चाम्स, निर्माता प्रेमकुमार श्रेष्ठ र समग्र टिमलाई यस ऐतिहासिक सफलताका लागि विभिन्न तहबाट प्रशंसा प्राप्त भएको छ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, तथा कार्यक्रममा प्रमुख अतिथि रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री माननीय पृथ्वी सुब्बा गुरुङले नेपाली फिल्म उद्योगको समृद्धितर्फ उन्मुख यात्रामा ‘अन्जिला’ जस्ता सफल चलचित्रहरूको भूमिकालाई उच्च सम्मान व्यक्त गरे।

चलचित्र टिमले नेपालको फिल्म क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने तथा व्यवसायिक र सशक्त फिल्म निर्माणको उदाहरण पेश गर्न सफल भएको छ।

चलचित्र टिम, निर्देशक मिलन चाम्स, निर्माता प्रेमकुमार श्रेष्ठ, र सम्पूर्ण कलाकार तथा प्राविधिक टोलीलाई हार्दिक बधाई।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै