‘मेरी बास्सै’को निर्देशनको जिम्मेवारी कुञ्जन भट्टराईलाई – Sagarmathapana:: Online News Portal

‘मेरी बास्सै’को निर्देशनको जिम्मेवारी कुञ्जन भट्टराईलाई

   २०८० माघ ४ गते  

काठमाडौँ। करिव ४ बर्ष देखि टेली सिरियल ‘मेरी बास्सै’ को लेखन कार्य गर्दै आएका कुञ्जन भट्टराईले ‘मेरी बास्सै’को निर्देशनको जिम्मेवारी सम्हालेका छन्। बिगत सात हप्ता देखि सिरियलको निर्देशन भट्टराईले सम्हाली रहेका छन्। नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको सिरियलको ८३६ भाग देखि उनले निर्देशनको जिम्मेवारी सम्हालेका हुन्। भट्टराईले ‘मेरी बास्सै’ का साथै ‘बुहारी’ लगायत अन्य सिरियलहरुमा पनि लेखन कार्य गरेका छन्। सिरियल ‘मेरी बास्सै’ प्रत्येक मंगलवार प्रशारण हुने गर्दछ।

बिगत ९ बर्ष देखि निरन्तर प्रशारण भई रहेको सिरियलमा रामचन्द्र अधिकारी,लक्ष्मी गिरि,सुरवीर पण्डित ,पल्पसा डंगोल,सुरेन्द्र केसी,सरस्वती फुँयाल, बालदिप राई,बिनोद सुवेदी(क्षितिज),कल्याण भट्टराई,मुस्कान लामा,बिनम कंडेल लगायतका कलाकारको अभिनय रहेको छ। उक्त सिरियलको निर्माण ब्यबस्थापन केशवकाजी बानियाँले गरी रहेका छन् भने छायाँकन राहुल राईले गर्दै आएका छन्। रबिन भट्टले सम्पादन गर्दै आएको सिरियलको निर्माण मिडिया हवले गरेको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै