अदालतको आदेशः प्रहरीले दिलभूषण पाठकलाई साइबर अपराध मुद्दामा पक्राउ गर्न नपाउने – Sagarmathapana:: Online News Portal

अदालतको आदेशः प्रहरीले दिलभूषण पाठकलाई साइबर अपराध मुद्दामा पक्राउ गर्न नपाउने

   २०८२ असार ६ गते  

काठमाडौं–उच्च अदालत पाटनले पत्रकार दिलभूषण पाठकलाई मुद्दाको किनारा नलागेसम्म साइबर अपराध मुद्दामा पक्राउ नगर्न आदेश दिएको छ ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय टंकप्रसाद गुरूङ र टीकाराम आचार्यको इजलासले यस्तो आदेश गरेको हो । उच्च अदालत पाटनले असार २ गते पाठकलाई तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेकोमा उक्त आदेशले निरन्तरता पाएको छ ।

‘निवेदकले सम्प्रेषित गरेको सामाग्रीबाट कसूर भएको भनी परेको जाहेरीको आधारमा निजलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने सम्मको अवस्था स्थापित भएको नदेखिंदा प्रस्तुत मुद्दाको अन्तिम किनारा नभएसम्म निवेदकलाई पक्राउ नगर्नु नगराउनु,’– आदेशमा भनिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै