मनोजको निर्देशनमा सुरेश र मनुको रोमान्टिक गीत (भिडियो) – Sagarmathapana:: Online News Portal

मनोजको निर्देशनमा सुरेश र मनुको रोमान्टिक गीत (भिडियो)

   २०८० पुष ३ गते  

काठमाडौँ। गायक सुरेश लामा र गायिका मनु दाहालको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। ‘एउटै बर्को पिरतीको आधा आधा ओढौ’ बोलको गीतमा शब्द किरण के उप्रेतीको र संगीत नबिन कार्कीको रहेको छ। रोमान्टिक गीतमा संगीत संयोजन बिशाल निरौलाको रहेको छ।

मनोज राजभण्डारीले निर्देशन गरेको भिडियोमा आकाश श्रेष्ठ र करुणा श्रेष्ठ फिचर्ड छन्। रामेश्वर हुमागाईंले छायांकन गरेको भिडियोको सम्पादन मित्र डी.गुरुङको रहेको छ। सुरेश पाण्डेको कोरियोग्राफी रहेको भिडियोमा आकाश र करुणाको केमेस्ट्री जमेको छ। भिडियो गायिका मनु दाहालको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै