समीर र विन्दुको ‘चट्ट राम्रो’ मा चक्र र कुसुम
काठमाडौँ। गायक समीर आचार्य र गायिका विन्दु पौडेको आवाजमा रहेको ‘चट्ट राम्रो बोल’ को नयाँ गीत सार्वजनिक गरिएको छ । विन्दुको यसअघि आई लव यु भन्दिउँला प्यारा र जता जता मायाको पाइलो बोलका गीतहरू सार्वजनिक भइसकेका छन् । सार्वजनिक ‘चट्ट राम्रो’ बोलको गीतमा शब्द संगीत र म्युजिक एरेन्जमेन्ट गायक आचार्यकै रहेको छ । गीतका भाका र शब्द पुर्वेली र पश्चेमेली मिसाएर गीतलाई लयबद्ध गरिएको छ । यस गीतको भिडियोमा गायक तथा मोडल चक्र बम र मोडल कुसुम शर्माको केमेस्ट्रीलाई देख्न सकिन्छ । भिडियोको निर्देशन गम्भीर विष्टले गरेका छन् । भिडियोमा कोरियोग्राफी रोशन बिस्वकर्माले गरेका छन्। पवन सुस्लिङ्गले खिचेको भिडियोलाइ प्रविन भट्टले सम्पादन गरेका छन्।












