मुस्ताङमा माओवादी केन्द्रको नयाँ पार्टी कार्यालय भवनको शिलान्यास, अध्यक्ष प्रचण्डको उपस्थितिमा कार्य प्रारम्भ – Sagarmathapana:: Online News Portal

मुस्ताङमा माओवादी केन्द्रको नयाँ पार्टी कार्यालय भवनको शिलान्यास, अध्यक्ष प्रचण्डको उपस्थितिमा कार्य प्रारम्भ

   २०८२ जेष्ठ २९ गते  

मुस्ताङ, घरपझोङ—नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका–४ भ्रप्सोस्थित पेरिस डाँडामा निर्माण हुने नयाँ पार्टी कार्यालय भवनको शिलान्यास गरेका छन्। शिलान्यास कार्यक्रम बौद्ध परम्पराअनुसार विधिपूर्वक सम्पन्न गरिएको हो।

पार्टी जिल्ला समन्वय समितिका इञ्चार्ज धीरेन्द्र विकका अनुसार छ कोठे उक्त भवन निर्माणका लागि वारागुङ मुक्तिक्षेत्र–२ छ्ङ्गुर निवासी ढच्युङ गुरुङले आफ्नै जग्गा पार्टीलाई निःशुल्क रूपमा उपलब्ध गराएका हुन्।

कार्यक्रममा अध्यक्ष दाहालले पार्टी कार्यालयको स्थापनासँगै संगठनात्मक सुदृढीकरण र स्थानीय स्तरमा विकासको गति थपिने विश्वास व्यक्त गरे। “मुस्ताङको समुन्नत विकास र जनताको आकांक्षा पूरा गर्न यो कार्यालय केन्द्रबिन्दु बन्नेछ,” उनले भने।

साथै, अध्यक्ष दाहालले स्थानीय नेता तथा कार्यकर्तालाई जनतालाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिँदै, जनसरोकारका विषयमा उत्तरदायी बन्न आह्वान गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै