रंग पत्रकार सुवेदीको शब्द राजेन्द्रको संगीतमा ‘बोलीरहने मायाले बोल्नै छोड्यो नि’ सार्वजनिक (भिडियो) – Sagarmathapana:: Online News Portal

रंग पत्रकार सुवेदीको शब्द राजेन्द्रको संगीतमा ‘बोलीरहने मायाले बोल्नै छोड्यो नि’ सार्वजनिक (भिडियो)

   २०८० मंसिर १६ गते  

काठमाडौँ। चरोन बजगाईं र स्वाति भट्टको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा पछिल्लो समय युवा पुस्तामा लोकप्रिय बन्दै गएका संगीतकार राजेन्द्र बजगाईंको संगीत रहेको छ। ‘बोलीरहने मायाले बोल्नै छोड्यो नि’ बोलको गीतमा शब्द रचना रंग पत्रकार बिष्णु सुबेदीको रहेको छ। सार्वजनिक गीतमा निषाद चन्द्रको संगीत संयोजन र मनोज परियारको मिक्सिङ्ग मास्टरिङ्ग रहेको छ।

कलाकार लक्ष्मी बर्देवा र जीवन जीवन भट्टराईले निर्देशन गरेको भिडियोलाई बुद्द थापाले छायाँकन र बिष्णु खड्काले सम्पादन गरेका छन्। भिडियोमा रियल जोडी लक्ष्मी बर्देवा र जीवन जिवन संगै गायक चरोन बजगाईंको अभिनय रहेको छ। भिडियो त्रिमुर्ति इन्टरटेन्टमेन्टको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै