दार्चुलाको अपि हिमालको बेस क्याम्पमा छायाँकन गरिएको ‘आए म त’ – Sagarmathapana:: Online News Portal

दार्चुलाको अपि हिमालको बेस क्याम्पमा छायाँकन गरिएको ‘आए म त’

   २०८० कार्तिक २ गते  

काठमाडौँ। नेपाली संगीत बजारमा दैनिक जसो थुप्रै गीत र म्युजिक भिडियोहरु सार्वजनिक हेन गरेका छन्। सार्वजनिक हुने थुप्रै गीत र भिडियो भन्दा अलिक फरक तरिकाले यहि शुक्रवार नयाँ भिडियो सार्वजनिक हुँदैछ। ‘आए म त’ बोलको गीतमा गायक राजु भट्ट र ममता गुरुङको स्वर रहेको छ। दार्चुला जिल्लामा अवस्थित अपि हिमालको बेस क्याम्पमा पहिलो पटक छायाँकन गरिएको भिडियोका दृश्यहरुले आँखालाई शितलता प्रदान गर्दछ।

१५ दिनको समय लगाएर छायाँकन गरिएको भिडियो उत्कृस्ट बनेको छ। भिडियोमा स्थानीय कल्चर तथा अर्गानिक दृश्यहरु समाबेश छन्। भिडियोले स्थानीय पर्यटन प्रवर्धनमा टेवा पुग्ने बिस्वाश निर्माण टिमले लिएको छ। राजु भट्टको निर्देशनमा बनेको भिडियोमा केशव पाण्डेको छायाँकन तथा टेकेन्द्र शाहको सम्पादन रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै