गीतकार शंकर अधिकारी ‘घायल’ सम्मानित – Sagarmathapana:: Online News Portal

गीतकार शंकर अधिकारी ‘घायल’ सम्मानित

   २०८० बैशाख १० गते  

काठमाडौँ। रामेछाप साँस्कृतिक कलाकार समाजले सम्मान गरेको कार्यक्रममा गीतकार शंकर अधिकारी ‘घायल’ सम्मानित भएकाछन् । माननीय पर्यटन मन्त्री सुदन राई किरातीबाट सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला, तिम्रो आँखा मा बस्ने रहर भो मलाई, घरी मुसु मुसु मुस्कुराएर मार्‍यौ, सिरुपाते जुँगामा दाहिने हातको ताउ लगाएत दर्जनौं गीतका सर्जक सम्मानित भएका हुन्। कार्यक्रममा गायक भोजराज काफ्ले लगायत रामेछापका समाजसेवि रमेश बाबू श्रेष्ठ लगायतलाई सम्मान गरिएको थियो। पछिल्लो समय गीतकार शंकर अधिकारी ‘घायल’ को ब्यस्तता निकै बढेको छ। उनको गीतहरु दर्शक श्रोताले मन पराएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै