Word को Best 44th अवार्ड जित्दै:नेपाली नाइटलाइफलाई नयाँ उचाइमा LOD क्लब
काठमाडौं।ठमेलको मुटुमा रहेको Lord of the Drinks (LOD) क्लबले आफ्नो ६ औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। नेपाली नाइटलाइफमा नवीनता र ऊर्जा थप्दै आएको एलओडीले हालै Word को “Best 44th” अवार्ड समेत जित्दै, अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ।

क्लबका निर्देशक भुपेन कुँवर भन्छन्, “हामीले केवल क्लब चलाएका होइनौं, यहाँ आएका हरेक पाहुनाको मन जितेका छौं।” उनका अनुसार एलओडी केवल मनोरञ्जनको थलो होइन, यो एक सांस्कृतिक गन्तव्य बन्ने दिशामा अघि बढिरहेको छ।
“नियत सफा राखेर कर्ममा प्रतिबद्धता जनाइने हो भने, एलओडीजस्तो ब्रान्डले नेपाली समाजमा समेत सकारात्मक प्रभाव पार्न सक्छ,” कुँवरको भनाइ छ।
आजको दिनमा एलओडी केवल नाइट क्लब मात्र नभई नेपालकै गौरव बन्न सफल भएको अनुभव धेरैले गरेका छन्। युवापुस्ता, पर्यटक र कलाकारहरूका लागि यो एउटा प्रेरणादायी मंच बनेको छ।












