हर्क साम्पाङ्गसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम भद्रपुरमा सम्पन्न – Sagarmathapana:: Online News Portal

हर्क साम्पाङ्गसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम भद्रपुरमा सम्पन्न

   २०८२ बैशाख १६ गते  

काठमाडौं।स्वातन्त्र नागरिक समाज झापाको आयोजनामा संयुक्त धार्मिक स्थल, भद्रपुर-२ कमलधापमा श्रमपिता हर्क साम्पाङ्ग राईसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता दिपक तिमिल्सिनाले गरेका थिए भने कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिका प्रमुख हर्क राज साम्पाङ्ग रहेका थिए। कार्यक्रममा जाति पार्टी धर्म को विभेद अन्त्य र सबै मिलेर देश निर्माणका लागि श्रमदानको महत्वबारे छलफल गरिएको थियो।

प्रमुख अतिथि मेयर साम्पाङ्गले आफ्नो सम्बोधनका क्रममा भने, “देशको विकासका लागि सबैले माटोसँग जोडिनु जरुरी छ। श्रमदान मार्फत कृषि उत्पादन वृद्धि गरेर मात्र देशमा वास्तविक परिवर्तन सम्भव छ।” उनले राष्ट्रिय अभियानमा श्रमदानमार्फत जोडिन समेत उपस्थित सबैलाई आह्वान गरे।

कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूको बृहत् उपस्थिति रहेको थियो। सहभागीहरूले जातीय विभेदको अन्त्य र सहकार्यद्वारा समृद्ध राष्ट्र निर्माणको प्रतिबद्धता जनाए।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै