प्रचण्डसहित हुलाकी राजमार्गकेन्द्रीत टिमद्वारा कर्णालीमा र्‍याफ्टिङ – Sagarmathapana:: Online News Portal

प्रचण्डसहित हुलाकी राजमार्गकेन्द्रीत टिमद्वारा कर्णालीमा र्‍याफ्टिङ

   २०८२ बैशाख १६ गते  

काठमाडौंनेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको अभियान टिमले कर्णालीमा र्‍याफ्टिङ गरेका छन् । सोमबार पार्टीको हुलाकी राजमार्गकेन्द्रित अभियानअन्तर्गत बर्दिया पुगेका प्रचण्डले अभियान टोलीसहित राजापुर नगरपालिका तर्फको कर्णाली नदिमा र्‍याफ्टिङ गरेका हुन् ।

अभियानमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, पूर्वउपराष्ट्रपति एवं उपाध्यक्ष नन्दबहादुर पुन, उपाध्यक्ष पम्फा भुसाललगायतका नेताहरु सहभागी छन् । बर्दियाको कार्यक्रम सकेर माओवादीको टोली कैलाली प्रवेश गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै