Fight for women’s power नाराको साथ बुढानिलकण्ठ नपा १ मा EFS Fight Night 6’ प्रतियोगिता हुने – Sagarmathapana:: Online News Portal

Fight for women’s power नाराको साथ बुढानिलकण्ठ नपा १ मा EFS Fight Night 6’ प्रतियोगिता हुने

   २०८२ बैशाख १० गते  

काठमाडौं।बुढानिलकण्ठ नगरपालिका वडा नं. १ को आयोजनामा ‘EFS Fight Night 6’ प्रतियोगिता आयोजना हुने भएको छ।खेलकुदमार्फत महिला सशक्तिकरण र युवाहरूको प्रतिभा उजागर गर्ने उद्देश्यका साथ यो कार्यक्रम आगामी बैशाख १३ गते Lemon Tree Premier, बुढानिलकण्ठमा सम्पन्न हुनेछ।


कार्यक्रमको आयोजना WBC मुवा थाई नेपाल र नगरपालिका वडा नं. १ द्वारा गरिएको हो। यसमा नेपाल राष्ट्रिय मुवा थाई संघ र नेपाल बक्सिङ महासंघको सहकार्य रहेको छ। साथै, अपरेशनल पार्टनरको रूपमा 977 Athletic Department, प्रसारण पार्टनर PSN, होस्पिटालिटी पार्टनर Lemon Tree Premier र मेडिकल पार्टनर विराजु रहेका छन्। फुड पार्टनरमा नेवा गोल्फु छे रहेको छ ।

कार्यक्रममा मुवा थाई, बक्सिङ्ग तथा प्रि-एक्सपर्ट स्तरका गरी जम्मा १५ वटा प्रतिस्पर्धात्मक फाइटहरू समावेश हुने छन्। त्यसमा ३ वटा प्रोफेसनल मुवा थाई, ३ वटा प्रोफेसनल बक्सिङ्ग तथा ९ वटा प्रि-एक्सपर्ट मुवा थाई नियमअनुसारका फाइटहरू हुने जनाइएको छ।

यस प्रतियोगिताको मुख्य आकर्षणको रूपमा महिला सुपर फ्लाईवेट डिभिजन अन्तर्गत राष्ट्रिय उपाधिका लागि रजिना बिष्ट र अफ्सरा तामाङबीचको प्रतिस्पर्धा रहनेछ। यो फाइटले महिलाको आत्मबल अभिवृद्धि गर्नुका साथै नेपालमा महिला खेलाडीको प्रतिनिधित्वलाई थप मजबुत बनाउने आयोजकको विश्वास छ।

बुढानिलकण्ठ वडा नं. १ का वडा अध्यक्ष श्री सुरेन्द्र लामाले यो कार्यक्रम वडा तथा सम्पूर्ण नगरपालिकाका लागि गौरवको विषय भएको बताउनुभयो। उहाँले भन्नुभयो, “हाम्रो वडाले खेलकुद क्षेत्रको विकासलाई प्राथमिकता दिँदै आएको छ। ‘EFS Fight Night 6’ जस्तो राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्नु हामी सबैका लागि गौरवको विषय हो। यो कार्यक्रमले महिलाहरूमा आत्मविश्वास बढाउनेछ र युवा पुस्तालाई खेलतर्फ आकर्षित गर्नेछ।”

कार्यक्रमका मुख्य उद्देश्यहरूमा नेपालभित्रका Combat Sports को संरक्षण तथा प्रवर्द्धन, खेलाडीहरूको अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमताको विकास, पारदर्शी खेल प्रणालीको कार्यान्वयन, र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलकुद कार्यक्रमको आयोजना रहेका छन्।

यस प्रतियोगिताले बुढानिलकण्ठ क्षेत्रलाई खेलकुदको केन्द्रको रूपमा उभ्याउने मात्र होइन, देशभरिका खेलाडीहरूको मनोबल उच्च बनाउने र अन्तर्राष्ट्रिय फाइटिङ स्पोर्ट्समा नेपालको सहभागिता थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै