रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ सकियो, होलान् त थुनामुक्त ? – Sagarmathapana:: Online News Portal

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ सकियो, होलान् त थुनामुक्त ?

   २०८२ बैशाख १० गते  

काठमाडौं।जिल्ला कारागार कार्यालय रूपन्देहीमा रहेका रवि लामिछानेलाई थुनामुक्त गर्न माग गर्दै उनकी श्रीमती निकिता पौडेलले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ सकिएको छ ।

उक्त रिट सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाइ भएको हो । कानुनी प्रक्रिया पूरा नगरी पक्राउ गरिएको दाबीसहित लामिछानेकी श्रीमती निकिताले रिट दायर गरेकी थिईन् ।

रूपन्देहीको बुटवलमा रहेको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालतले लामिछानेलाई एक करोड धरौटीमा रिहा गरेको थियो । तर, उच्च अदालत तुलसीपुर, बुटवल इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो । उच्च अदालतको आदेशसँगै सोही दिन बेलुका करिब ८ः३० बजे लामिछाने पक्राउ परेका थिए ।

लामिछानेलाई पक्राउ गर्दा कानुनी प्रक्रिया पूरा नगरी गैरकानुनी थुनामा राखिएको रिट निवेदकको दाबी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै