अध्यक्ष केपी ओली ललितपुरको पैदल यात्रामा सहभागी – Sagarmathapana:: Online News Portal

अध्यक्ष केपी ओली ललितपुरको पैदल यात्रामा सहभागी

   २०७९ कार्तिक २९ गते  

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली ललितपुर–३ भैसेपाटीमा नागरिक समाजले आयोजना गरेको पैदलयात्रा कार्यक्रममा सहभागी भएका छन् । चर्चित सञ्चारकर्मी भूषण दाहाल र सुरजसिंह ठकुरी लगायत युवाले आयोजना गरेको पदयात्रामा अध्यक्ष ओली सहभागी भएका हुन् ।

ललितपुर क्षेत्र नं ३ मा एमाले प्रतिनिधि सभाका उम्मेदवार अमृत खड्का र प्रदेश ३ (२) प्रेमभक्त महर्जन र प्रेमभक्त महर्जन सहित नागरिक समाज र बुद्धिजीवीको पनि पदयात्रामा सहभागिता रहेको थियो । पैदलयात्रापछि ओली निर्वाचन सम्पर्क कार्यालय पुगेका थिए । त्यहाँ एमाले ललितपुरका इन्चार्ज एवं पोलिटब्युरो सदस्य सुशीला नेपाल, केन्द्रीय सदस्य एवं सह इन्चार्ज हरिकृष्ण व्यञ्जनकार, केन्द्रीय सदस्य बाबुराम थापा, जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्य बागमती प्रदेश सदस्य दामोदर थापा, जीवन खड्का, केशव आचार्य, प्रदेश कमिटीका सदस्य बाबुकाजी प्रधान, लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

अध्यक्ष ओलीले सो क्षेत्र प्रदेश तथा प्रतिनिधि सभाका उम्मेदवारलाई विजयको शुभकामना दिएका थिए । नागरिक अगुवा केशव आचार्यले एमाले पार्टीले प्रतिनिधि सभाका लागि अमृत खड्का जस्ता उद्यमशील र भिजन भएका व्यक्तित्वलाई उम्मेदवार खडा गरेकामा आफूहरू खुसी भएर ओलीलाई धन्यवाद ज्ञापन गरेको सुनाए । ललितपुर क्षेत्र नं ३ प्रतिनिधि सभाका उम्मेदवार खड्काले आफू विगतमा गाविस अध्यक्ष रहँदा गरेको भैँसेपाटी क्षेत्रको कालोपत्रे २५ वर्ष सम्म उस्तै रहेको बताउँदै अब ललितपुरले गफ मात्र गर्ने नभई यस्तै दिगो विकास गर्ने सक्ने भिजन भएका उम्मेदवारको खोजी गरेको भनाइ राखेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै