बनेपा नगरपालिकामा राप्रपाबाट युवा नेता रेमन्ड कर्माचार्यको उमेद्वारी
काठमाडौँ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागी उमेद्वार दर्ता सकिएको छ। यसपटकको स्थानीय चुनाव गठबन्धनका कारण जन मानसमा धेरै चासो पनि रहेको छ। सत्ता पक्षका दल हरु र सत्ता पक्ष बाहिरका दलहरु बिचको प्रतिस्पर्धा रोचक हुने छ। काभ्रे जिल्ला बनेपा नगरपालिकामा तेस्रो शक्तिको रुपमा रहेको राप्रपाबाट युवा नेता रेमन्ड कर्माचार्यले उमेद्वारी दिएका छन्। युवालाई भोट अग्रजलाई मान भ्रस्टाचार मुक्त नगर हाम्रो अभियानका साथ् कर्माचार्य चुनाव प्रचार प्रसारमा लागेका छन्।












