अघि बढ्यो दुधकोशी जलबिद्युत आयोजना – Sagarmathapana:: Online News Portal

अघि बढ्यो दुधकोशी जलबिद्युत आयोजना

   २०८१ फाल्गुन ४ गते  

साभार:विशाल भट्टराई पोस्ट

धन्यवाद नेपाल सरकारलाई !
अघि बढ्यो दुधकोशी जलबिद्युत आयोजना !

खोटाङ , ओखलढुङा र सोलुखुम्बूलाई सिमाना बनाएर बग्ने दुधकोशी नदीमा प्रस्तावित ‘दुधकोशी जलासययुक्त जलबिद्युत आयोजना’ निर्माणको सुनिश्चितता हुने गरी मन्त्रीपरिषदको बैठकले निर्णय गरेको छ ।
यस अघि रहेको मुआव्जा सम्बन्धी अन्योल अब हटेको छ र सरकारले आयोजनालाई अघि बढ्न मार्गप्रसस्त गरेको छ ।

आयोजनाले यस अघि नै भोजेघाट पुल, भाडबेंशी पुल र रबुवा बेलीबृजको टेन्डर गरिसकेको छ भने धित्तुङ र बिजुलेको सडक बनाउने तयारी पनि अघि बढेको छ ।
अबको दुइ महिना भित्र वातावरणीय प्रभाव मूल्याङ्कन ( EIA) सम्पन्न हुनेछ भने सेप्टेम्बरमा बित्तिय श्रोत सुनिश्चित ( Finincial Closer ) हुनेछ ।

यो आयोजनाको काममा सुरुवातदेखि नै अग्रसरता लिनु हुने सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यु, उपप्रधान तथा अर्थमन्त्री मा.बिष्णु पौडेलज्यु, उर्जामन्त्री मा. दीपक खड्काज्युप्रति हार्दिक आभार ब्यक्त गर्दछौं ।
नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजनाका प्रमूख कार्यकारी निर्देशक/ आयोजना प्रमुख बिमल गुरुङज्यु ले आयोजनालाई यहासम्म ल्याइपुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ ।

अबको हाम्रो मुख्य काम मुआव्जा निर्धारण र बितरणतर्फ केन्द्रीत हुनुपर्नेछ र यो चुनौतिपूर्ण कामका लागि हामी सबैको सकारात्मक एकता अपरिहार्य छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै