फेसबुकमा पत्र लेख्दै पत्रकार एवं सामाजिक अभियन्ताले गरे आत्महत्या – Sagarmathapana:: Online News Portal

फेसबुकमा पत्र लेख्दै पत्रकार एवं सामाजिक अभियन्ताले गरे आत्महत्या

   २०७८ कार्तिक १३ गते  

 

पोखरा। पत्रकार, सामाजिक अभियन्ता तथा विद्यालय सञ्चालक समेत रहेका श्रीप्रसाद बास्तोलाले आफ्नै घरमा आत्महत्या गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा १५ वर्ष अगाडि आमाले भनेको नमान्दाको परिणाम भन्दै उनले पैतृक सम्पत्ति, घर, खेत, जग्गा, सुन, गहना र स्कुल सबै चैट भन्दै आज आफैँ पनि चैट हुनुपरेको लेखेर आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी सुवास हमालका अनुसार हिजो राति आफ्नै घरमा उनलाई झुण्डिएको अवस्थामा भेटिएको हो । प्रवक्ता हमालका अनुसार मृतकका भाइले अन्तिम संस्कारका लागि प्रहरीमा निवेदन दिएका छन् ।

हिजो राती ३ः३० मा सामाजिक सञ्जाल फेसबुकमा आत्महत्या गर्नुपर्ने कारण र आफूलाई फसाउन प्रपञ्च गर्ने व्यक्तिहरुको नामसहित उल्लेख गरेर श्रीमप्रसादले आत्महत्या गर्न लागेपछि अमेरिकामा रहेकी उनकी दिदीले त्यो स्टाटस देखेर तुरुन्तै नेपालमा रहेका भाइलाई खबर गरेकी थिईन् । भाइको घरभन्दा अलि पर रहेका दाइको घरमा पुगेर तत्कालै खोज्दा झुण्डिएको अवस्थामा भेटिएका थिए ।

प्रहरीले सामाजिक सञ्जाल फेसबुकमा लेखिएको स्टाटसका सन्दर्भमा परिवारले आत्महत्या दुरुत्साहनमा निवेदन दिएमा नाम उल्लेखित सबैलाई पक्राउ गरी अनुसन्धान गर्न सकिने जनाएको छ । उनले आफ्नो मृत्युपछि लास नजलाउन र गाडिदिन तथा किरियामा कोही नबस्न समेत भनेका छन् । साथै उनलाई फसाउन गरिएका षडयन्त्र र मतियारहरुको नाम समेत स्टाटसमा उल्लेख गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै