भैंसीको मासु चीन निर्यात गर्ने सझौताविरुद्ध राजधानीमा र्याली प्रदर्शन – Sagarmathapana:: Online News Portal

भैंसीको मासु चीन निर्यात गर्ने सझौताविरुद्ध राजधानीमा र्याली प्रदर्शन

   २०८१ पुष २० गते  

काठमाडौं । भैंसीको मासु चीन निर्यात गर्ने सझौताविरुद्ध अभियानकर्मीहरुले शनिबार राजधानीमा र्याली प्रदर्शन गरेका छन् ।

भारतले नमानेपछि नेपालमा बधशाला बनाउने जाल, भैंसीको मासुभन्दै गाई पनि सक्काउने चाल’ भन्ने नारासहित भैंसीको मासु निर्यात सम्झौताविरुद्ध शान्तिपूर्ण पदयात्रा गरिएको अहिंसावादी संघ, संस्थाहरूले बताएका छन् ।

अहिंसावादी संघ, संस्थाहरूले काठमाडौंको भद्रकालीबाट त्रिपुरेश्वर हुँदै माइतीघर पुगेर पदयात्रा समापन गरेका हुन् ।

‘साथै उनीहरुले नेपाल देवभूमि हो दानव भूमि नबनाऔं,सम्पूर्ण प्राणीप्रति करुणा भाव राखौं लगायतको नारा लेखेको प्लेकार्ड बोकेका थिए । उनीहरु चीनमा भैंसीको मासु भन्दै गाईको मासु निर्यात गर्न लागेको भन्दै विरोध जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै