राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहाःअवतार’मा – Sagarmathapana:: Online News Portal

राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहाःअवतार’मा

   २०८१ पुष ११ गते  

काठमाडौ।अभिनेता राजेश हमालको कमब्याक फिल्म
‘नरसिंहाः अवतार’ को प्रदर्शन मिति घोषणा
गरिएको छ। 

दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्म नयाँ वर्षको अवसर पारेर चैत २९ गते रिलिज हुने भएको हो। फिल्मको वितरण कम्पनी र निर्माताबीचको सल्लाहमा उक्त प्रदर्शन मिति तय गरिएको हो।

यो एक्सन जनरामा बनेको फिल्म हो। फिल्मबाट राजेश हमालले ७ वर्षपछि कमब्याक गर्दैछन्।

‘नरसिंहाः अवतार’ मा राजेशसहित राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, प्रशान्त ताम्राकार लगायत कलाकारहरूको शीर्ष अभिनय छ। साथमा नीर शाह, सरोज खनाल, राजीव मानन्धर, सुशान्त श्रेष्ठ, उषा खड्गी, राजीव जंग बस्नेत, प्रकाश कुँवर, अमित गिरी, रमेश सोडारी, सरोज शाह, अमित श्रेष्ठ लगायतका कलाकारहरूले पनि अभिनय गरेका छन्।

यसमा नेम महर्जन, दीपक शर्मा ढकाल, ध्रुव न्यौपाने र नरेन्द्र महर्जनको लगानी छ।

फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले देशभरका हलमा वितरण गर्ने जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै