प्रथम उल्टो मेची-महाकाली साइकल यात्री पोखरेलको गीत भिडियो सार्वजनिक – Sagarmathapana:: Online News Portal

प्रथम उल्टो मेची-महाकाली साइकल यात्री पोखरेलको गीत भिडियो सार्वजनिक

   २०८१ कार्तिक ८ गते  

काठमाडौँ। नेपालमा प्रथम मेची-महाकाली उल्टो साइकल यात्री जे.वी.पोखरेल (जिवनाथ) को सांगीतिक कोसेली सार्वजनिक गरिएको छ। उनले २०६३ सालमा लागु औषध तथा दुर्व्यसनमा किशोर किशोरीलाई नलाग्न जन चेतना जगाउने उद्देश्यले पुर्वको मेची पुलदेखि पश्चिमको दोधारा चाँदनी सम्म उल्टो साइकल यात्रा गरेका थिए। जे.वी.पोखरेलको स्वर समेत रहेको ‘ह्याप्पी हर्मोन’ बोलको गीत भिडियो सहित सार्वजनिक गरिएको हो। स्वरमा जे.वी.पोखरेल (जिवनाथ) लाई रीता केसीले साथ दिएकी छन्।

डान्सिङ्ग तथा मेलोडियस गीतमा एकै क्षेत्रमा काम गर्ने महिला पात्रलाई प्रस्तुत गरिएको छ। सार्वजनिक ‘तिमि त मेरो ह्याप्पी हर्मोन’ गीतको संगीत संयोजन मनोहर सुनामले गरेका हुन्। पृथक रुपमा निर्माण गरिएको गीत गिनिज बुक अफ वर्ल्ड रेकर्डस् को लागि लगिने प्रथम मेची-महाकाली उल्टो साइकल यात्री जे.वी.पोखरेल (जिवनाथ) ले बताए। गायक स्वास्थ्य क्षेत्रमा कार्यरत छन् भने भिडियोको महिला कलाकार सुधा गौतम शिक्षिका हुन्। भिडियोमा उल्टो साइकलमा यात्रा गर्दै बिभिन्न क्रियाकलाप गरिएको दृश्यहरु समाबेश छ।

जे.वी.पोखरेल (जिवनाथ) निर्देशनमा बनेको भिडियोको छायांकन पदम बिस्वकर्मा,सुमन एसकेआर,कमल श्रेष्ठले गरेका हुन् भने सम्पादन संदेश शाहले गरेका हुन्। भिडियो ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै