चलचित्र बेहुली फ्रम मेघौली बिहिबार १ कात्तिकदेखि देशका सबै सिनेमा हलबाट उतारिने – Sagarmathapana:: Online News Portal

चलचित्र बेहुली फ्रम मेघौली बिहिबार १ कात्तिकदेखि देशका सबै सिनेमा हलबाट उतारिने

   २०८१ आश्विन ३० गते  

काठमाडौं, निर्माता तथा अभिनेता अभिनेत्री निश्चल बस्नेत र स्वस्तिमा खड्काले बुधबार आफ्नो सामाजिक सञ्जाल मार्फत एक सूचना जारी गर्दै आफनो चलचित्र बेहुली फ्रम मेघौली बिहिबार १ कात्तिकदेखि देशका सबै सिनेमा हलबाट उतारिने जनाएका छन् ।

गत १८ असोजमा रिलिज भएको चलचित्र ‘बेहुली फ्रम मेघौली’ यतिबेला दोश्रो सातामा प्रदर्शन भईरहेको छ । तर यो चलचित्रलाई भोलीबाट सिनेमा हलदेखि हटाईने भएको छ ।

यो चलचित्रलाई आजसम्म राम्रो शोहरु दिएको तर भोलीबाट उपयुक्त शो नदिएको भारतीय फिल्मलाई काखी च्याप्ने काम हल सञ्चालकहरुबाट भएका कारण पनि आफुहरुले यो चलचित्र उतार्नु परेको भन्दै निश्चलले फेसबुकमार्फत असन्तुष्टी जनाएका छन् । तर यो चलचित्र अमेरिका, जापान, क्यानडा र सिंगापुरमा भने ओटिटी प्लेटफर्ममा उपलब्ध नहुने पनि उनीहरुले बताएका छन् । निश्चलले लेखेका छन्,‘हलमा हेरिदिनुहुने सबै दर्शकलाई धेरै धेरै धन्यवाद । सम्मानजनक शो उपलब्ध गराउनुभएकोमा क्यूएफएक्स सिनेमालाई पनि धेरै धेरै धन्यवाद । भोलिबाट हाम्रो फिल्म नेपालको सबै हलबाट हामी नलगाउने निर्णय गरेका छौं ।’

हलको प्रदर्शनलाई स्थगित गर्दै केही दिन अघि बिग्रिएर हाल पुन निर्माण भईरहेको एमएसएम भिडियो प्लाटफर्म (ओटिटी प्लेटफर्म)मा यो चलचित्र अब रिलिज गरिने पनि निश्चल र स्वस्तिमाले जनाएका छन् । यो चलचित्रले पहिलो साता निकै राम्रो व्यापार गरेको थियो । दोश्रो साता पनि राम्रै व्यापार गरेको यो चलचित्रलाई तेश्रो साता भने सो बाँडफाँडमा हल सञ्चालकले विभेद गरेको निर्माण पक्षको टिप्पणी रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै