काभा पुरुष यू-२० भलिबल च्याम्पियनसीप फाइनलमा नेपालको प्रवेश – Sagarmathapana:: Online News Portal

काभा पुरुष यू-२० भलिबल च्याम्पियनसीप फाइनलमा नेपालको प्रवेश

   २०८१ आश्विन २५ गते  

काठमाडौं । नेपाल काभा पुरुष यू-२० भलिबल च्याम्पियनसीपको फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा तुर्कमेनिस्तानलाई सोझो सेटमा पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

सुगाथादास इन्डोर भलिबल स्टेडियम कोलम्बोमा रमेश केसीको टोलीले सानदार प्रदर्शन गर्यो । स्पाइक र ब्लकमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली युवा टोलीले डिफेन्समा समेत सुधारिएको प्रदर्शन गर्यो । पहिलो सेट २५-१४ ले जितेको नेपालले दोस्रो सेट २५-२१ र तेस्रो सेट २५-२० ले आफ्नो पक्षमा पार्यो ।

अर्जुन नेपालीको कप्तानीमा नेपालले जित्नै पर्ने खेलमा आफु अनुकुल नतिजा निकालेको हो । यस खेलको विजेता टोली प्रतियोगितको फाइनलमा पुग्ने समिकरण थियो ।

नेपाल पाँच खेलमा १० अंक सहित लिगको दोस्रो स्थानमा रहँदै फाइनल पुगेको । उज्वेगिस्थान लिगको विजेता हुँदै अघि बढ्यो । तुर्केमेनिस्तानको पाँच खेलमा १० अंक रहेपनि हेड टु हेडमा नेपालले बाजी मार्यो ।

लिग चरणका अघिल्ला खेलमा नेपालले माल्दिभ्स र किर्गिस्तानलाई समान ३-० तथा श्रीलंकालाई ३-१ को सेटमा पराजित गरेको थियो भने उज्वेकिस्तानसँग ३-१ र किर्गिस्तानसँग ३-२ सेटको हार ब्यहोरेको थियो । फाइनल खेल भोलि दिउँसो सवा ३ बजे सुरु हुने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै