उपत्यकाबाट दशैं मान्न एक सातामा १३ लाख मानिस बाहिरिए – Sagarmathapana:: Online News Portal

उपत्यकाबाट दशैं मान्न एक सातामा १३ लाख मानिस बाहिरिए

   २०८१ आश्विन २५ गते  

काठमाडौँ । काठमाडौँ उपत्यकाबाट दशैं मान्न  एक सातामा १३ लाख मानिस बाहिरिएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वारले १३ लाखको हाराहारीमा मानिस बाहिरिएको बताए ।

उनले सागरमाथापाना सँग भने, ‘ हामीले १८ लाख मानिस दशैं मान्न काठमाडौँ उपत्यकाबाट बाहिरिने अपेक्षा गरेका थियौं । तर बाढीपहिरोका कारण एक सातामा जोखिम मोलेर पनि १३ लाखको हाराहारीमा मानिस बाहिरिएका छन् । यो आजसम्मको तथ्याङ्क हो।’

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै