चलचित्र ‘शिरफूल’ यु ट्युवमा (हेर्नुस पुरा फिल्म) – Sagarmathapana:: Online News Portal

चलचित्र ‘शिरफूल’ यु ट्युवमा (हेर्नुस पुरा फिल्म)

   २०८१ आश्विन २३ गते  

काठमाडौँ। कमल एक्चै मगरको निर्देशनमा बनेको चलचित्र ‘शिरफूल’ यु ट्युवमा रिलिज गरिएको छ। चलचित्र नाइस मिडिया नेटवर्कको ब्यानरमा केहि बर्ष अघि निर्माण भएको हो। ‘शिरफूल’ आदिवासी जनजाति महिलाहरुले लगाउने एक प्रकारको सुनको गहना हो । नारीले शिरमा लाउने, फूलका आकार हुने भएकाले ‘शिरफूल’ भनिएको हो । चलचित्र ‘शिरफूल’ नाइस टेलिभिजनको अफिसियल यु ट्युव च्यानल मार्फत रिलिज गरिएको हो।

चलचित्रमा अहिलेको बढ्दो आधुनिकताको प्रभावसँगै युवा पुस्तामा देखिएको सांस्कृतिक विकृतिलाई पनि चित्रण गर्ने प्रयास गरिएको छ । चलचित्रमा रुपा राना, राज थापा, देवराज आले, विनिता थापा, सुनिल रोका, नमिता तामाङ, पुजा गदाल, लिला गुरुङ, निता पुन, किरण मगरलगायतको अभिनय रहेको छ। राजु थापा, डिपी खनाल र कृष्ण केसीको शब्द, हरि लम्साल र देवराज आले मगरको संगीत, देवराज आले मगरको कथा, निरोज श्रेष्ठको छायांकन र मिलन श्रेष्ठको सम्पादन छ । आशिर्वाद पुन मगर र माया छन्त्याल पुनको लगानीमा बनेको चलचित्रको पटकथा संवाद राज थापा र राजु युगिनले लेखेका हुन् ।
चलचित्रका गीतमा तारा श्रीस,आर्जन पाण्डे, हरि लम्साल, मेलिना राई देवराज आलेले स्वर दिएका छन्। चलचित्रमा अभिनेत्री मरिस्का पोखरेलको विशेष भूमिका रहेको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै