दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको हिट फिल्म ‘जारी’ युट्युबमा रिलिज – Sagarmathapana:: Online News Portal

दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको हिट फिल्म ‘जारी’ युट्युबमा रिलिज

   २०८१ आश्विन २१ गते  

काठमाडौं । दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको सुपर हिट फिल्म ‘जारी’ युट्युबमा रिलिज गरिएको छ ।  गत वर्षको ब्लकबस्टर फिल्म जारी बाँसुरी फिल्म्सको युट्युब च्यानलमा दशैको अवसर पारेर सोमबार रिलिज गरिएको हो । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा लिम्बू संस्कृतिको कथा देखाइएको छ ।

फिल्ममा दयाहाङ र मिरुनासँगै प्रेम सुब्बा, विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बु लगायतको अभिनय रहेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै