काठमाडौं।मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन्। प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्ने अवस्था नरहेपछि उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन्।
प्रदेशसभामा आफ्नो पक्षमा आवश्यक बहुमत जुटाउन कठिन भएपछि यादवले पदमा रहिरहनुभन्दा राजीनामा दिने निर्णय गरेका हुन्।
मुख्यमन्त्री यादवको राजीनामासँगै मधेस प्रदेशको राजनीतिक वृत्तमा नयाँ सरकार गठन र आगामी सत्ता समीकरणबारे चासो बढेको छ। अब प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ।
यस घटनाले मधेस प्रदेशको राजनीतिक समीकरणमा नयाँ मोड ल्याएको छ।







