इडब्लुभिएलमा ललितपुर क्विन्सलाई पराजित गर्दै कर्णाली यश्विजको लगातार तेस्रो जित – Sagarmathapana:: Online News Portal

इडब्लुभिएलमा ललितपुर क्विन्सलाई पराजित गर्दै कर्णाली यश्विजको लगातार तेस्रो जित

   २०८१ आश्विन १७ गते  

काठमाडौं–वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल)मा  ललितपुर क्विन्सलाई पराजित गर्दै कर्णाली यश्विजले लगातार तेस्रो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद(राखेप) को कभर्ड हलमा बुधवारको पहिलो खेलमा कर्णाली ललितपुरमाथि ३-० को जित हासिल गर्यो ।

कर्णालीले पहिलो सेट २५-२२, दोस्रो सेट २५-२२ जितेको थियो । तेस्रो सेटमा ९-१ ले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै २९-२७ ले जित्दै कर्णालीले आफ्नो अपराजित यात्रा कायमै राखेको हो ।

ललितपुरले पहिलो खेलमा काठमाडौं स्पाइकर्सलाई र दोस्रो खेलमा मधेश युनाईडेटलाई पराजित गरेको थियो ।उता, कर्णालीले भने पहिलो खेलमा मधेश युनाईटेडलाई पराजित गर्दा दोस्रो खेलमा गन्डकी थन्डर्सलाई हराएको गरेको थियो ।

३ खेलमा कर्णालीको ८ र ललितपुरको ६ अंकमा छ। कर्णाली शीर्षमा र ललितपुर‌ दोस्रो स्थानमा छ।

आजै हुने दोस्रो खेल काठमाडौं स्पाइकर्स र गन्डकी थन्डर्स तथा तेस्रो खेलमा चितवन शक्ति र मधेश युनाईटेडबीच खेल हुनेछ । लगातार तेस्रो जितका साथ कर्णाली शीर्ष स्थानमा रहॅंदा तेस्रो खेलमा पहिलो पटक पराजित ललितपुर दोस्रो स्थानमा

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै