EN
मेनु
Flash News

inDrive को ‘सुनको सवारी’ अभियान : राइड पूरा गर्दै सुनदेखि स्मार्ट टीभीसम्म जित्ने मौका

काठमाडौं।विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म inDrive ले नेपालमा दसैं–तिहार लक्षित ‘Sunko Sawari’ (सुनको सवारी) अभियान सुरु गरेको छ । अक्टोबर १ देखि नोभेम्बर ११, २०२६ सम्म सञ्चालन हुने ६ साताको अभियानमा यात्रुले inDrive मार्फत राइड पूरा गरेबापत ५ ग्राम सुनको सिक्का, Samsung Smart TV तथा स्मार्टवाच जित्ने अवसर पाउनेछन् ।

दसैं–तिहारको समयमा किनमेल, आफन्त भेटघाट, टीका तथा विभिन्न पारिवारिक कार्यक्रमका लागि मानिसको आवतजावत बढ्ने भएकाले यात्रालाई थप उत्साहजनक बनाउने उद्देश्यले अभियान ल्याइएको inDrive ले जनाएको छ ।

अभियानअन्तर्गत यात्रुले प्रत्येक साता आफूले पूरा गरेको राइडको संख्याका आधारमा विभिन्न लक्की ड्रमा सहभागी हुने अवसर पाउनेछन् । सातामा ५ वा सोभन्दा बढी राइड पूरा गर्ने यात्रु ५ ग्राम सुनको सिक्काको लक्की ड्रमा सहभागी हुन सक्नेछन् । त्यस्तै, ३ वा सोभन्दा बढी राइड पूरा गर्ने यात्रु ३२ इन्चको Samsung Smart TV को लक्की ड्रका लागि योग्य हुनेछन् ।

यसैगरी, सातामा कम्तीमा एक राइड पूरा गर्ने यात्रुले स्मार्टवाचको लक्की ड्रमा सहभागी हुने अवसर पाउनेछन् ।

६ साताको अभियान अवधिमा inDrive ले कुल ६ वटा ५ ग्राम सुनका सिक्का, ६ वटा ३२ इन्च Samsung Smart TV र १२ वटा स्मार्टवाच प्रदान गर्ने जनाएको छ ।

inDrive नेपालकी मार्केटिङ म्यानेजर श्रेया मानन्धरले दसैं–तिहारका बेला मानिसहरूको यात्रा बढ्ने भएकाले नियमित यात्रालाई नै थप रोमाञ्चक बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको बताइन् ।

‘Sunko Sawari’ अभियानले नेपाली चाडपर्वसँग जोडिएका भाग्य, समृद्धि र सुन खरिद गर्ने परम्परालाई यात्रासँग जोडेको कम्पनीको भनाइ छ । दसैंमा खेलिने भाग्यका खेल तथा तिहारमा समृद्धिको प्रतीकका रूपमा सुनलाई दिइने महत्त्वबाट अभियानको अवधारणा प्रेरित रहेको जनाइएको छ ।

अभियान अवधिभर विजेताको घोषणा inDrive का सामाजिक सञ्जालमार्फत गरिनेछ । डिजिटल प्रचार, इन्फ्लुएन्सरमार्फत सामग्री तथा अन्य प्रचारात्मक गतिविधिमार्फत अभियानलाई थप विस्तार गरिने कम्पनीले जनाएको छ । विजेतालाई पुरस्कार हस्तान्तरण गर्ने क्रममा चयन गरिएका इन्फ्लुएन्सरले उनीहरूका चाडपर्वका अनुभवसमेत प्रस्तुत गर्नेछन् ।

कसरी सहभागी हुने ?

अभियान अवधिमा inDrive मार्फत राइड पूरा गरेपछि यात्रु स्वतः सम्बन्धित साप्ताहिक लक्की ड्रका लागि योग्य हुनेछन् ।

  • ५ वा सोभन्दा बढी राइड : ५ ग्राम सुनको सिक्का जित्ने मौका
  • ३ वा सोभन्दा बढी राइड : ३२ इन्च Samsung Smart TV जित्ने मौका
  • १ वा सोभन्दा बढी राइड : स्मार्टवाच जित्ने मौका

अभियान नोभेम्बर ११, २०२६ सम्म सञ्चालन हुनेछ ।

inDrive बारे

inDrive विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म हो । कम्पनीका अनुसार inDrive एप ४० करोडभन्दा बढी पटक डाउनलोड भइसकेको छ र यो विश्वकै दोस्रो धेरै डाउनलोड गरिएको राइड–हेलिङ एपका रूपमा रहेको छ ।

राइड–हेलिङका अतिरिक्त inDrive ले इन्टरसिटी यातायात, डेलिभरी तथा वित्तीय सेवासहित विभिन्न सेवा उपलब्ध गराउँदै आएको छ । कम्पनीका अनुसार inDrive हाल ४७ देशका १,२०० भन्दा बढी शहरमा सञ्चालनमा छ ।