मेनु
Flash News

प्रधानमन्त्री बालेन आज स्वदेश फर्किंदै,दिउँसो ३ः४५ बजे काठमाडौं आइपुग्ने

काठमाडौं।प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागिता जनाएर आज (असोज १० गते) स्वदेश फर्किंदै छन्।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री बालेन आज दिउँसो ३ः४५ बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री बालेनले असोज ६ गते १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क प्रस्थान गरेका थिए। उनले स्थानीय समयअनुसार असोज ८ गते महासभालाई सम्बोधन गरेका थिए।

महासभामा सम्बोधनका क्रममा नेपालको धारणा प्रस्तुत गरेका प्रधानमन्त्री बालेनले त्यसक्रममा अन्तर्राष्ट्रिय समुदायसँग नेपालको प्राथमिकता र चासोका विषयसमेत राखेका थिए।

न्युयोर्क बसाइका क्रममा प्रधानमन्त्री बालेनले महासभाको ‘साइडलाइन’मा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस तथा अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजसँग भेटवार्ता गरेका थिए।

महासभामा सहभागिता तथा विभिन्न उच्चस्तरीय भेटवार्ता सम्पन्न गरी प्रधानमन्त्री बालेन नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आज स्वदेश फर्किन लागेको हो।