मेनु
Flash News

‘झिंगे दाउ २’को ‘आमा भए पो स्वर्ग हुन्छ घर’ गीत रिलिज

काठमाडौं।असोजको २ गतेबाट रिलिजमा आएको फिल्म ‘झिंगे दाउ २’ले दर्शकको उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ ।

फिल्म हेरेर हलबाट दर्शक रुँदै निस्किएका छन् । हलमा फिल्म हेरेका दर्शकले यसको कथावस्तु, कलाकारको अभिनय, प्रस्तुति, गीतसंगीतलाई निकै मन पराएका छन् ।

यसैबिच, यसको निर्माणपक्षले फिल्म रिलिजको भएको एक सातापछि नयाँ गीत ‘आमा भए पो स्वर्ग हुन्छ घर’ सार्वजनिक गरेको छ ।

निकै नै मार्मिक यो गीतमा कुशल बेलबासेको स्वर, अर्जुन पोखरेलको शब्द तथा संगीतमा यो गीत तयार भएको हो । गीतमा आमा घरमा नहुँदाको पीडा पोखिएको छ । आमा हुँदा घर कस्तो हुन्छ भनेर पनि गीतमा उल्लेख गरिएको छ ।

कपनगढी सिनेमा प्रा.लि र फिल्म क्रिउ नेपाल प्रा.लिको व्यानरमा निर्माण भएको यो फिल्ममा ज्ञानेन्द्र देउजाको निर्देशन, सुलभ प्रतिक देउजा र समिक्षा देउजाको लगानी छ ।