आदिवासी जनजाति महिला महासंघ बेलायतको पाँचौं महाधिवेशन सम्पन्न, गंगा दुराको नेतृत्वमा नयाँ कार्यसमिति – Sagarmathapana:: Online News Portal

आदिवासी जनजाति महिला महासंघ बेलायतको पाँचौं महाधिवेशन सम्पन्न, गंगा दुराको नेतृत्वमा नयाँ कार्यसमिति

   २०८३ आश्विन ४ गते  

लन्डन।नेपाल आदिवासी जनजाति महिला महासंघ बेलायतको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ। महाधिवेशनले गंगा दुराको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।


शनिबार सम्पन्न महाधिवेशनबाट अध्यक्षमा गंगा दुरा, वरिष्ठ उपाध्यक्षमा बसुन्धरा याक्खा, उपाध्यक्षमा सरला रानामगर, महासचिवमा मनिकला राई गुरुङ, सचिवमा सुष्मा राई, कोषाध्यक्षमा रोमा दुरा र सहकोषाध्यक्षमा जितकुमारी याक्खा चयन भएका छन्।

त्यस्तै, सदस्यहरूमा कमला गुरुङ, रेशु फियाक लिम्बु र कमला लिम्बु चयन भएका छन्। कार्यसमितिमा बाँकी सदस्यहरू पछि थप गरिने जनाइएको छ।

नयाँ कार्यसमितिको घोषणा डा. सुमाया राईको नेतृत्वमा रहेको निर्वाचन समितिले गरेको हो। नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचन समिति प्रमुख डा. राईले शनिबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी थिइन्।

महाधिवेशनको उद्घाटन नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष मेजर योगेश कोयी राईले गरेका थिए।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ नेपालका पूर्वसचिव तथा जनजाति अभियन्ता भक्तबहादुर दुरा, नेफिन यूकेका पूर्वअध्यक्ष कर्मा पहाडी शेर्पा, नेपाल पत्रकार महासंघ बेलायतकी अध्यक्ष बिमला सेने, जीआरएनसीकी उपाध्यक्ष लीला सेलिङ माबोलगायतको उपस्थिति रहेको थियो।

महाधिवेशनले बेलायतमा रहेका आदिवासी जनजाति महिलाहरूको संगठनात्मक एकता, अधिकार र सहभागितालाई थप प्रभावकारी बनाउँदै लैजाने विषयमा समेत जोड दिएको जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै