प्रधानमन्त्री शाह सेप्टेम्बर २२ मा अमेरिका जाँदै,परराष्ट्रमन्त्री खनाल आजै प्रस्थान गर्दै – Sagarmathapana:: Online News Portal

प्रधानमन्त्री शाह सेप्टेम्बर २२ मा अमेरिका जाँदै,परराष्ट्रमन्त्री खनाल आजै प्रस्थान गर्दै

   २०८३ आश्विन ४ गते  

काठमाडौं।संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल आज आइतबार अमेरिकाको न्युयोर्क प्रस्थान गर्दै छन्।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत आयोजना हुने विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउनेछन्।

अमेरिका भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले विभिन्न मुलुकका आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत तय भएको मन्त्रालयले जनाएको छ।

यसैबीच, संयुक्त राष्ट्रसंघको महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आगामी सेप्टेम्बर २२ मा अमेरिकाको न्युयोर्क प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ मा संयुक्त राष्ट्रसंघको महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ।

महासभामा नेपालको सहभागिताका क्रममा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको धारणा प्रस्तुत गर्नुका साथै विभिन्न मुलुकका प्रतिनिधिसँग द्विपक्षीय तथा बहुपक्षीय विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै