विश्वकर्मा पूजामा टाटा मोटर्सका १५० गाडी ग्राहकलाई हस्तान्तरण
काठमाडौं।विश्वकर्मा पूजाको अवसर पारेर टाटा मोटर्सले नेपालभर एकै दिन १५० वटा गाडी ग्राहकलाई हस्तान्तरण गरेको छ। नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले देशभर रहेका २२ वटा शोरुममार्फत गाडी डेलिभरी गरेको हो।
![]()

सिप्रदीका अनुसार ग्राहकलाई हस्तान्तरण गरिएका गाडीमा टाटा मोटर्सका नयाँ तथा लोकप्रिय विद्युतीय मोडलहरू नयाँ टियागो ईभी, नयाँ पन्च ईभी, नेक्सन ईभी रिलोडेड र कर्भ ईभी रहेका छन्। यससँगै पेट्रोल तथा डिजेल इन्जिनयुक्त विभिन्न मोडलहरू पनि ग्राहकलाई प्रदान गरिएको कम्पनीले जनाएको छ।
![]()
![]()
कम्पनीका अनुसार डेलिभरी गरिएका अधिकांश गाडी यस वर्ष आयोजना भएका नाइमा नेपाल मोबिलिटी एक्स्पो तथा नाडा अटो शो का क्रममा सार्वजनिक, बिक्रीका लागि प्रस्तुत र बुकिङ गरिएका थिए। ती प्रदर्शनीमा प्राप्त बुकिङ प्रक्रिया पूरा भएपछि विश्वकर्मा पूजाको अवसरमा ग्राहकलाई गाडी हस्तान्तरण गरिएको हो।
नेपालमा विद्युतीय सवारीसाधनप्रति ग्राहकको चासो बढ्दै गएको समयमा टाटाका नयाँ ईभी मोडलहरूको एकै दिन ठूलो संख्यामा भएको डेलिभरीले बजारमा विद्युतीय गाडीप्रतिको माग र आकर्षणलाई थप उजागर गरेको सिप्रदीको भनाइ छ।

विशेषगरी नयाँ टियागो ईभी, नयाँ पन्च ईभी, नेक्सन ईभी रिलोडेड र कर्भ ईभीप्रति ग्राहकको आकर्षण बढिरहेको कम्पनीले जनाएको छ।
विश्वकर्मा पूजाको दिन देशभरका २२ वटा शोरुमबाट एकैपटक १५० वटा गाडी हस्तान्तरण हुनु टाटा मोटर्सप्रति नेपाली ग्राहकको रुचि र विश्वासको संकेत भएको सिप्रदीको दाबी छ।
ग्राहकको आवश्यकता तथा बजारको मागअनुसार नयाँ प्रविधि, सुरक्षा र सुविधासहितका विभिन्न मोडल नेपाली बजारमा ल्याउँदै जाने कम्पनीले जनाएको छ।













