नेपाल बाढीपीडितका लागि हङकङमा HKD १ लाख १ हजारभन्दा बढी सहयोग संकलन – Sagarmathapana:: Online News Portal

नेपाल बाढीपीडितका लागि हङकङमा HKD १ लाख १ हजारभन्दा बढी सहयोग संकलन

   २०८३ आश्विन १ गते  

हङकङ संवाददाता

हङकङ।हङकङस्थित EMBASSY ले आफ्नो पाँचौं वार्षिकोत्सवको अवसरमा नेपालका बाढीपीडितका लागि कोष संकलन कार्यक्रम आयोजना गरी HKD १ लाख १ हजार १११ (हङकङ डलर) सहयोग जुटाएको छ।

सेप्टेम्बर ९ मा आयोजित उक्त कार्यक्रममा अनलाइन तथा प्रत्यक्ष रूपमा सहभागी दाताहरूबाट प्राप्त सहयोग नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहतका लागि संकलन गरिएको थियो।

संकलित रकम सेप्टेम्बर १७ मा हङकङस्थित नेपालको महावाणिज्य दूतावासमा आयोजित एक कार्यक्रममा हस्तान्तरण गरिएको हो।उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विनियोजनका लागि दूतावासलाई प्रदान गरिएको EMBASSY ले जनाएको छ।


हस्तान्तरण समारोहमा EMBASSY का निर्देशक बोर्डका सदस्यहरू पूर्ण, टायसन, साम, विनय, डेभ र विशालले संस्थाको प्रतिनिधित्व गरेका थिए।

कार्यक्रममार्फत सहयोग गर्ने सम्पूर्ण दाता, स्वयंसेवक तथा सहभागीप्रति EMBASSY ले आभार व्यक्त गरेको छ। साथै, EVEREST GROUP HK LIMITED अन्तर्गतका भगिनी संस्थाहरूले गरेको समर्थन र सक्रिय सहभागिताप्रति पनि संस्थाले धन्यवाद ज्ञापन गरेको छ।

EMBASSY का अनुसार, सामाजिक उत्तरदायित्व, करुणा र मानवता संस्थाका प्रमुख मूल्यहरू हुन्।वार्षिकोत्सवलाई समुदायसँग जोडिएको मानवीय सेवाका रूपमा मनाउने उद्देश्यले राहत कोष संकलन कार्यक्रम आयोजना गरिएको हो।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै