ग्रीन डेभलपमेन्ट बैंकको डेपुटी सीईओमा विकास ढुंगाना नियुक्त – Sagarmathapana:: Online News Portal

ग्रीन डेभलपमेन्ट बैंकको डेपुटी सीईओमा विकास ढुंगाना नियुक्त

   २०८३ भाद्र ३० गते  

काठमाडौं।ग्रीन डेभलपमेन्ट बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा विकास ढुंगाना नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले १७ वर्षभन्दा लामो बैंकिङ अनुभव भएका ढुंगानालाई डेपुटी सीईओमा नियुक्त गरेको हो।

ग्रीन डेभलपमेन्ट बैंकमा प्रवेश गर्नुअघि ढुंगाना कामना सेवा विकास बैंकमा नायब महाप्रबन्धक (डेपुटी जनरल म्यानेजर) को जिम्मेवारीमा कार्यरत थिए ।

बैंकले ढुंगानाको नियुक्तिसँगै आफ्नो आन्तरिक कार्यशैली, सेवा प्रवाह तथा समग्र कार्यसम्पादनमा थप सुधार आउने अपेक्षा गरेको छ । लामो बैंकिङ अनुभव भएका ढुंगानाको उपस्थितिले संस्थागत विकासलाई थप गति दिने बैंकको विश्वास छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै