बाढीपहिरो पीडितको उद्धार र पुनर्निर्माणमा अमेरिकाको सहयोग रहने प्रतिबद्धता
काठमाडौं।नेपालका लागि अमेरिकी राजदूतावासकी नवनियुक्त चार्ज डि अफेयर्स मेगन बौलिनले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेकी छन्।
![]()
![]()
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा चार्ज डि अफेयर्स बौलिनले हालैको बाढीपहिरोबाट प्रभावित नागरिकहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकी सरकारको ऐक्यबद्धता दोहोर्याइन्।
उनले विपद्को यस कठिन घडीमा उद्धार, राहत, पुनरुत्थान तथा पुनर्निर्माणका कार्यमा नेपाललाई हरसम्भव सहयोग गर्न अमेरिकी सरकार तयार रहेको बताइन्।
![]()


भेटमा परराष्ट्रमन्त्री शिशिर खनालले विपद्का बेला नेपाललाई अमेरिकी सरकार र जनताले पुर्याएको सहयोग तथा देखाएको ऐक्यबद्धताप्रति हार्दिक आभार व्यक्त गरे।मन्त्री खनालले नेपालको आगामी पुनर्स्थापना तथा पुनर्निर्माणका चरणहरूमा समेत अमेरिकी सरकारको सहयोग र सहकार्य निरन्तर प्राप्त हुने विश्वास व्यक्त गरे।
भेटवार्ताले विपद् व्यवस्थापन, मानवीय सहायता तथा पुनर्निर्माणका क्षेत्रमा नेपाल र अमेरिकाबीचको सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।













