रसुवाका बाढीपीडितका लागि नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाद्वारा सहयोग संकलन
काठमाडौं।रसुवाको भोटेकोशी खोलामा आएको आकस्मिक बाढीबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाले सहयोग संकलन गरेको छ।
नेपाली कांग्रेसले बाढीपीडितको सहयोगार्थ नेपाल सरकारको विपद् व्यवस्थापन कोषमा रकम जम्मा गर्ने निर्णय गरेपछि समितिले आफ्ना सदस्य तथा शुभेच्छुकहरूबाट सहयोग संकलन अभियान सञ्चालन गरेको जनाएको हो।
समितिले सार्वजनिक गरेको विवरणअनुसार अष्ट्रेलियाका विभिन्न राज्य तथा क्षेत्रबाट गरी रु. ७ लाख ६५ हजार ५ सय ९४ सहयोग संकलन भएको छ।
सहयोग विवरणअनुसार एनपीसीसी सिड्नीबाट रु. ६ लाख, साउथ अष्ट्रेलिया (एडिलेड) बाट रु. ५९ हजार ७५, एसिटी (क्यानबेरा) बाट रु. ५२ हजार ४ सय ६९ तथा वेस्टर्न अष्ट्रेलिया (पर्थ) बाट रु. ५४ हजार ५० सहयोग प्राप्त भएको छ।समितिले बाढीपहिरोबाट प्रभावित नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको राहत र पुनर्स्थापनाका लागि सहयोग गर्ने सम्पूर्ण सदस्य, शुभेच्छुक तथा सहयोगीहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ।
सहयोग संकलनसम्बन्धी पत्रमा नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका सभापति सुरेश नर्सिङ गुरुङ, महामन्त्री रोहित खड्का तथा संयोजक सितल गिरीको हस्ताक्षर रहेको छ।
सहयोग विवरण:













