राष्ट्रपति पौडेलसमक्ष मधेशी आयोगको वार्षिक प्रतिवेदन पेश
काठमाडौँ।राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेशी आयोगको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरिएको छ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष जीवक्ष साहले राष्ट्रपति पौडेलसमक्ष प्रतिवेदन पेश गर्नुभएको हो।
नेपालको संविधानको धारा २९४ मा संवैधानिक आयोगहरूले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने व्यवस्था रहेको छ।
आयोगले आर्थिक वर्षभरि सम्पादन गरेका कार्य, उपलब्धि तथा आगामी कार्यदिशासहितको विवरण प्रतिवेदनमा समेटिएको जनाइएको छ।












