तीनकुनेको गैरीगाउँबाट ७०५ सिलिन्डर ग्यास बरामद, सञ्चालक पक्राउ
काठमाडौँ-काठमाडौँको तीनकुनेस्थित गैरीगाउँबाट प्रहरीले ७०५ सिलिन्डर ग्यास बरामद गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई वटा ठूला ट्रकमा लोड गरिएको अवस्थामा ग्यास बरामद गरेको हो।
प्रहरीका अनुसार ग्यास कालोबजारी गरेको आरोपमा बसुन्धारास्थित जय श्री बालाजी ग्यास स्टोरका सञ्चालक दिनेश लुइँटेल पक्राउ परेका छन्। पक्राउ पर्ने लुइँटेल ३८ वर्षीय हुन्।
मोरङको ग्रामथान गाउँपालिका–२ का स्थानीय लुइँटेलमाथि ग्यास कालोबजारीमा संलग्न रहेको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बरामद ग्यास र घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको बताइएको छ।












