भदौ २४ को घटना राज्य र अर्थतन्त्रमाथिको ठूलो आक्रमण : ओली
काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष भदौ २४ गते भएको घटनालाई ‘कहालीलाग्दो विध्वंस भएको दिन’का रूपमा स्मरण गरेका छन्।
भिडियो सन्देश जारी गर्दै अध्यक्ष ओलीले भदौ २४ गते राज्यका आधारस्तम्भ, लोकतन्त्रका धरोहर तथा राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डमाथि ठूलो आक्रमण र विध्वंस भएको बताएका हुन्।
गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सरकारी तथा निजी सम्पत्तिमा व्यापक तोडफोड, आगजनी तथा भौतिक क्षति भएको थियो। ओलीले उक्त घटनालाई स्मरण गर्दै राज्यका महत्वपूर्ण संरचना र राष्ट्रिय अर्थतन्त्रमाथि भएको क्षतिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
उनले भदौ २४ को घटनालाई सामान्य विरोध प्रदर्शनका रूपमा मात्र नहेरी त्यसबाट भएको क्षति र त्यसका कारणबारे गम्भीर समीक्षा आवश्यक रहेको धारणा राखेका छन्।












