केरुङमा रोकिएका नेपालीलाई वैकल्पिक मार्गबाट फर्काइने : परराष्ट्रमन्त्री – Sagarmathapana:: Online News Portal

केरुङमा रोकिएका नेपालीलाई वैकल्पिक मार्गबाट फर्काइने : परराष्ट्रमन्त्री

   २०८३ भाद्र १४ गते  

चीनको केरुङमा बाढीका कारण रोकिएका नागरिकहरूलाई वैकल्पिक मार्ग हुँदै स्वदेश ल्याइने भएको छ।

बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुर नगरपालिका–१, ढुङ्गे पुगेका परराष्ट्रमन्त्री शिशिर खनालले सो जानकारी दिएका हुन्। “प्रारम्भिक जानकारी अनुसार केरुङमा एक हजार जना नेपाली हुनुहुन्छ भन्ने सूचना छ, उहाँहरूलाई वैकल्पिक मार्गबाट नेपाल ल्याउँछौँ,” मन्त्री खनालले भने।
उनका अनुसार समस्या समाधानका लागि सिन्धुपाल्चोकस्थित तातोपानी नाका सञ्चालन गर्न र मुस्ताङको कोरला नाका प्रयोगमा ल्याउन चिनियाँ पक्षसँग अनुरोध भइसकेको छ।

जलविद्युत् आयोजनाको सुरुङमा फसेका नागरिकको उद्धारका लागि चिनियाँ र भारतीय विशेषज्ञलाई बोलाइएको स्पष्ट पार्दै मन्त्री खनालले भने, “आवश्यक परेमा अन्य मुलुकबाट पनि सहयोग लिन सकिन्छ, हामीलाई विश्वसमुदायबाट सहयोगको प्रतिबद्धता आइरहेका छन्। आवश्यकताअनुसार सहयोग लिन्छौँ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै