बाढीपहिरो प्रभावितका लागि विनोद चौधरीले १५ करोडभन्दा बढी सहयोग गर्ने – Sagarmathapana:: Online News Portal

बाढीपहिरो प्रभावितका लागि विनोद चौधरीले १५ करोडभन्दा बढी सहयोग गर्ने

   २०८३ भाद्र १३ गते  

काठमाडौं।उद्योगपति विनोद चौधरीले बाढीपहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि १५ करोड रुपैयाँभन्दा बढी सहयोग गर्ने घोषणा गरेका छन्।

प्राकृतिक विपद्बाट ठूलो जनधनको क्षति भइरहेका बेला चौधरीले प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन उक्त सहयोग गर्ने घोषणा गरेका हुन्। उनले विपद्को समयमा प्रभावित नागरिकको जीवनरक्षा र पुनर्स्थापनाका लागि सबै पक्ष एकजुट भएर सहयोग गर्नुपर्नेमा जोड दिएका छन्।

चौधरीले विपद्मा परेका नागरिकलाई सहयोग गर्न निजी क्षेत्र, संघसंस्था तथा सर्वसाधारणलाई समेत आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्न अपिल गरेका छन्।

उनले विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएको बताएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै