बाढीपीडितका लागि अभिनेत्री नीता ढुङ्गानाको एक लाख सहयोग – Sagarmathapana:: Online News Portal

बाढीपीडितका लागि अभिनेत्री नीता ढुङ्गानाको एक लाख सहयोग

   २०८३ भाद्र १३ गते  

काठमाडौं।अभिनेत्री तथा निर्देशक नीता ढुङ्गानाले रसुवालगायतका क्षेत्रमा आएको प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सरकारको राहत कोषमा १ लाख रुपैयाँ सहयोग गरेकी छन्।

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवागढी भन्सार क्षेत्रको टिमुरेमा ठूलो जनधनको क्षति भएपछि सरकारले उद्धार तथा खोजी कार्यलाई तीव्रता दिइरहेको छ। विपद्को यस कठिन परिस्थितिमा प्रभावित परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले आफूले राहत कोषमा रकम जम्मा गरेको ढुङ्गानाले बताएकी छन्।

सामाजिक सञ्जालमार्फत उनले विपद्को समयमा सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न आग्रह गरेकी छन्। उनले मानवीय सहयोगलाई प्राथमिकता दिँदै बाढीपीडित तथा प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउन अपिल गरेकी हुन्।

ढुङ्गानाले राहत कोषमा गरेको सहयोगले विपद्को समयमा कलाकार तथा सार्वजनिक व्यक्तित्वको सामाजिक उत्तरदायित्वलाई समेत उजागर गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै