कृषि विकास बैंकले विपद् उद्धार कोषमा ३ करोड सहयोग – Sagarmathapana:: Online News Portal

कृषि विकास बैंकले विपद् उद्धार कोषमा ३ करोड सहयोग

   २०८३ भाद्र १३ गते  

काठमाडौं।प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि कृषि विकास बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ।

हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले बैंकले उक्त रकम उपलब्ध गराएको जनाएको छ।

विपद्को कठिन अवस्थामा प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन तथा उद्धार र पुनर्स्थापनाका कार्यलाई प्रभावकारी बनाउन सहयोग पुग्ने बैंकको विश्वास छ।

कृषि विकास बैंकले संकटका बेला नागरिकको साथमा रहने आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको जनाएको छ। बैंकको यो आर्थिक सहयोगबाट बाढी तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकको तत्कालीन आवश्यकता सम्बोधन गर्न तथा राहत, उद्धार र पुनर्स्थापनाका कार्यक्रम सञ्चालनमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै