सूर्य नेपालद्वारा विपद् उद्धार कोषमा १५ करोड सहयोग
काठमाडौँ।प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सूर्य नेपाल प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड रुपैयाँ सहयोग गरेको छ।
कम्पनीका प्रतिनिधिहरूले शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर १५ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
सूर्य नेपालका प्रबन्ध निर्देशक गौरव तयाल, उपाध्यक्षद्वय डिप्रा लहेरी र रवि केसी तथा महाप्रबन्धक प्रेम अर्यालले अर्थमन्त्री वाग्लेलाई चेक हस्तान्तरण गरे।
![]()
कोषमा पूर्वजानकारीसहित निजी क्षेत्रबाट प्राप्त सहयोगमध्ये सूर्य नेपालको यो रकम हालसम्मकै ठूलो सहयोग भएको बताइएको छ।
कम्पनीले विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सरकारको अभियानमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम उपलब्ध गराएको जनाएको छ।












