मेलिना राईद्वारा रसुवा बाढीपहिरो पीडितलाई १ लाख सहयोग
![]()
काठमाडौं।रसुवामा गएको विनाशकारी बाढीपहिरोबाट प्रभावित परिवारको राहतका लागि चर्चित गायिका मेलिना राईले व्यक्तिगत रूपमा १ लाख रुपैयाँ सहयोग गरेकी छन्।

![]()
राईले विपद्का कारण पीडामा परेका नागरिकप्रति सहानुभूति व्यक्त गर्दै आफ्नो क्षमताअनुसार सहयोग गर्न सबैलाई आग्रह गरेकी छन्। उनले प्रभावित परिवारको दुःखमा साथ रहेको बताउँदै जोखिममा रहेका नागरिकलाई सुरक्षित रहनसमेत अपिल गरेकी छन्।
उनको व्यक्तिगत सहयोगले बाढीपहिरो प्रभावित परिवारका लागि राहत तथा मानवीय सहायता जुटाउने अभियानमा केही भए पनि टेवा पुग्ने विश्वास गरिएको छ।















