टक्सिक’को आक्रामक सुरुवात, व्यापार बलियो तर दर्शक प्रतिक्रिया मिश्रित – Sagarmathapana:: Online News Portal

टक्सिक’को आक्रामक सुरुवात, व्यापार बलियो तर दर्शक प्रतिक्रिया मिश्रित

   २०८३ भाद्र १२ गते  

काठमाडौं।दक्षिण भारतीय स्टार यश अभिनीत बहुप्रतीक्षित चलचित्र ‘टक्सिक : अ फेयरी टेल फर ग्रोन–अप्स’ विश्वभरका हलमा प्रदर्शनमा आएसँगै बक्स अफिसमा आक्रामक सुरुवात गरेको छ। ‘केजीएफ’ सिरिजपछि यशको ठूलो पर्दामा पुनरागमन भएकाले चलचित्रप्रति दर्शकमा सुरुदेखि नै उच्च अपेक्षा थियो।

गीतु मोहनदास निर्देशित चलचित्रमा यशसँगै कियारा आडवाणी, नयनतारा, हुमा कुरेशी, तारा सुतारिया र रुक्मिणी वसन्तलगायत कलाकारको अभिनय रहेको छ।

चलचित्रले भारतमा पहिलो दिनमै १ सय करोड भारुभन्दा बढी नेट कलेक्सन गरेको प्रारम्भिक तथ्यांक सार्वजनिक भएका छन्। Sacnilk को तथ्यांक उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यमले पहिलो दिनको भारतीय नेट कलेक्सन करिब १०१.१० करोड भारु पुगेको जनाएका छन्।

तर बलियो व्यापारसँगै चलचित्रले दर्शक तथा समीक्षकबाट भने मिश्रित प्रतिक्रिया पाइरहेको छ। यशको अभिनय, स्क्रिन प्रेसन्स, एक्सन र दृश्य प्रस्तुतिको प्रशंसा भए पनि कथा, पटकथा, सम्पादन र गतिको आलोचना भएको छ। कतिपय दर्शकले चलचित्रमा ‘केजीएफ’को प्रभाव बढी देखिएको टिप्पणीसमेत गरेका छन्।

यसरी सुरुवाती व्यापारले ‘टक्सिक’लाई बलियो अवस्थामा उभ्याए पनि मिश्रित ‘वर्ड अफ माउथ’का कारण आगामी दिनको व्यापार चलचित्रका लागि महत्वपूर्ण हुने देखिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै