द भ्वाइस किड्स नेपाल’ सिजन ५ को उपाधि खोटाङकी सुवासना खड्कालाई – Sagarmathapana:: Online News Portal

द भ्वाइस किड्स नेपाल’ सिजन ५ को उपाधि खोटाङकी सुवासना खड्कालाई

   २०८३ श्रावण ३१ गते  

काठमाडौं।टेलिभिजन गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’ सिजन ५ को उपाधि खोटाङकी सुवासना खड्काले जितेकी छन्।

प्रतियोगिताको अन्तिम चरणमा उत्कृष्ट गायन प्रस्तुति दिँदै सुवासनाले अन्य प्रतिस्पर्धीलाई पछि पारेर उपाधि आफ्नो नाममा पारेकी हुन्।

उपाधि जितेसँगै सुवासना नेपाली सांगीतिक क्षेत्रमा उदाउँदै गरेकी प्रतिभाका रूपमा थप चर्चामा आएकी छन्। खोटाङबाट प्रतिनिधित्व गर्दै चर्चित राष्ट्रिय गायन रियालिटी शोको उपाधि जितेपछि उनको गृहजिल्लामा समेत खुसीयाली छाएको छ।

सुवासनाको यो सफलताले खोटाङको सांगीतिक प्रतिभालाई राष्ट्रियस्तरमा थप पहिचान दिलाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै