किशोर श्रेष्ठलाई ३ दिनको म्याद थप, बहसमा वरिष्ठ अधिवक्ताहरूको टोली
काठमाडौं।जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई अदालतले ३ दिनको म्याद थप गरेको छ। श्रेष्ठ पक्राउ परेपछि प्रहरीले अनुसन्धानका लागि अदालतबाट म्याद थप गराएको हो।
श्रेष्ठको पक्षमा आज हुने बहसका लागि नेपाल बार एसोसिएसनका अध्यक्ष डा. विजय मिश्र, महासचिव केदार कोइरालासहित वरिष्ठ अधिवक्ताहरूको टोली खटिएको छ।



बहसमा डा. टिकाराम भट्टराई, गोविन्द बन्दी, शम्भु थापा, अम्बर राउत, भक्तिराम घिमिरे, गोपालकृष्ण घिमिरे, डा. प्रेमराज सिलवाल, पुष्प पौडेल, चुडामणि पौडेल, सन्तोष भण्डारी, टीका कुँवर, आर.सी. गौतम, राधिका खतिवडा, अर्जुन खड्का र बद्री भुसाल सहभागी हुने जनाइएको छ।
श्रेष्ठ पक्राउ परेको विषयलाई लिएर पत्रकार तथा सञ्चारसम्बद्ध संघ–संस्थाले विरोध जनाउँदै आएका छन्। यसैबीच उनको पक्षमा कानुनी प्रतिरक्षाका लागि ठूलो संख्यामा अधिवक्ताहरू सहभागी हुने भएका छन्।
श्रेष्ठमाथि लागेको आरोप र अनुसन्धानको विषयमा अदालतको प्रक्रिया अघि बढिरहेको छ।
















